कैलालीमा
थारुले
भन्दा
पनि
भारु
र
दरुले
गराएको
प्रहरी
र
सुरक्षा
फौजको
दिन
दाहडै
हत्या
ईतरनै
खेलीरहेको
यो
नेपाली
र
अरु
नेपाली
मनमा
बिष्फोटका
धेरै
कुराहरु
खेलीरहेका
छन्
।
मधेशबादी अराजकता माथि
आम
नेपाली
र
स्वयं
तराई
बासीको
अबिश्वास
अनि
बितृष्ण
किन
बढिरहेको
छ
? २०७२
बैशाखको
भुकम्पका
बेला
नेपालका
सुरक्षा
फौजले
पुर्याएको
मानवीय
सेवा
र
उद्धारलाई
बिर्सेर
किन
आम
जनभावना
पन्चायतकाल
या
माओबादी
युद्धकालमा
जस्तै
मानसीक
रुपमै
सुरक्षाफौज
बिरोधी
भईरहेको
छ
र
किन
सुरक्षा
फौजको
छबि
सुधारीन
सकेको
छैन
भनेर
पनि
घोत्लिनु
आवश्यक
देखीन्छ
।
परस्थीति
सुधार्ने
त
आफ्नो
हुति
भएन
तर
प्रतिकृया
दिन
सक्ने
मात्र
सामथ्र्य
भएर
यो
बिन्ती
तपाईहरु
माझ
बिसाएको
छु
।
अहोभाग्य
मेरो
, तपाईहरुले
यो
कुरा
पढिदिनु
भयो
भने
।
नेपालमा
गणतन्त्र
ब्यवस्थापन
गर्न
नसकेको
राजनैतीक
नेतृत्वले
संघियतालाई
कसरी
ब्यवस्थापन
गर्छ
भनेर
उदेक
लाग्दथ्यो
।
थाहा
भईसक्यो
यो
उनीहरुको
बलबुता
भन्दा
परको
र
लोभ
, अकृमण्यता
र
बुढ्यौली
जीद्दि
मात्र
हो
।
साँच्चैनै
नेपाली
राजनितीकर्मीहरुलाई
शारीरीक
अगावै
मानसिक
बुढ्यौलीले
छोईसकेको
छ
।
उनीहरु
आफ्नो
फलानो
, ढिस्कानो
जीद्दिमा
अडिग
र
अबिचलित
छन्
।
काम
नलाग्ने
बाद
, बिचार
आदिलाई
पोको
पुन्तुरो
गरेर
सुरुवालमा
कोचेर
पागल
जात्रामा
सडक
सडक
भौंतारी
रहेका
छन्
।
ईतिहासलाई
बिर्सनु
मानवता
र
त्यसमा
पनि
नेपालीको
समस्यानै
हो
।
बि
सं
१९९०
को
ईतिहाँस
बिसीयौं
, २०७२
को
भुकम्पमा
मानव
जीवन
बचाउन
सकिने
भौतिक
पूर्वाधार
निर्माण
गर्न
सकेनौ
।
गणतन्त्रलाई
स्थापित
गर्न
नसकेको
ईतिहास
त
थियो
नै
, अझ
एकता
भित्र
बिबिधतालाई
मलजल
गर्नु
पर्ने
यो
सानो
भुगोल
तर
बहुसंस्कृती
र
बहुजाती
भएको
देशमा
, जातीयताको
आधारमा
प्रदेशको
निर्माण
गर्ने
लोभ
रच्यौं
।
सबैलाई
राजा
बन्नु
नै
थियो
।
गणेशमानले
तक्मा
भिराईदिएका
, हामी
भेंडा
जनता
, हाम्रो
गरीबि
र
अभावमा
कसैले
खेलेको
थाहा
पाउनै
सकेनौ
।
ती
तुच्छ
धारका
नेतृत्वले
छरेको
बिषका
गेडाहरु
टिप्न
लालायीत
भयौ
।
हामी
भेडा
जनता
।
दुनियाबाट
बहिष्कृत
प्राय
भईरहेको
तर
तेस्रो
बिश्वमा
आफ्नो
खम्बा
ठड्याउन
उद्दत
एउटा
अभ्यास
(जसलाई
धर्म
भनौं
या
ब्यपार)
, आप्mनो पहिचान समेत
बिर्सेर
, धरापमा
पारेर
, हामी
मध्ये
केही
पछि
लागीपर्यौं
र
धार्मीक
निरेपेक्षताको
राग
अलापिरह्यौं
।
उनीहरुले
हामीलाई
हाम्रै
ज्ञान
, बिज्ञान र मनोबिज्ञानलाई
शैतान
भन्न
सीकाए
र
तर
पनि
हामी
निर्लज्ज
हेरी
मात्र
रह्यौं
।
आज
स्पस्ट
छ
, डलर
, भारु
र
दारुले
कैलाली
जलाईएको
थियो
तर
यसको
पूर्वभ्भाषको
कृत
पहिले
देखीनै
हुदै
आएको
रहेछ
।
आफ्नो
पहिचान
पहिचान
रे
तर
अरुहरुको
पहिचान
चाउचाउको
दोकान
रे
, मानसीकताबाट
ग्रसीत
हाम्रो
लोभी
, स्वार्थी
र
पछौटे
दिमाग
र
त्यसमा
भुसा
भर्ने
भ्रष्ट
नेतृत्वले
दागबत्ति
दिईसकेको
रहेछ
।
अनि
त
हामी
किन
नजलौं
? मानवतालई
दिन
दाहडै
किन
नजलाउँ
? बन्धु
, हाम्रो
शान्ती
प्रतिको
असिम
आस्था
खरानी
भएको
छ
।
यहाँ
बुद्ध
जन्मीएका
थिए
भनेर
कुनै
बिदेशीलाई
नभन्नु
, उनीहरु
अट्टहास
हाँसो
हाँस्लान
र
तपाँईको
अहम्
किच्रीक्क
पर्ला
।
फेरी
साँच्चै
यी
यस्तै
कारणहरुले
हाम्रो
अध्यात्मीक
आस्थामा
पनि
त
बिष
लागेको
छ
।
जुन
किसिमको
अराजकता
अहिले
प्रदेश
निमार्ण
र
सीमाङ्कनमा
देखीयो त्यसले यो
प्रष्ट
पार्छ
हामीले
संघियता
बारे
केही
पनि
गृहकार्य
नगरीकन
हावादारी
निर्णय
लिईरहेका
छौं
।
कहि
नपुग्ने
बेटुङ्गो
बाटोमा
हिंडिरहेका
छौ
।
आम
नेपाली
मानसीकता
बुझ्ने
प्रयासनै
गर्ने
हो
भने
एउटा
जनमत
संग्रह
गरेर
केही
फरक
पर्नेवाला
छैन
।
कसैको
पहिचान
खेदीने
वा
अधिकार
कुण्ठित
हुनेवाला
छैन
।
जनमतले
संघियतामा
जा
नै
भन्यो
भने
पनि
पहिले
स्थानीय
निकायको
चुनाब
र
स्थानीय
रुपमा
सबल
जनप्रतिनिधि
र
बिकास
सुरक्षित
भए
त्यसैबाट
प्रदेशको
खाका
कोर्न
सकिन्छ
, सजीलो
हुन्छ
र
बिभिन्न
किसीमका
द्वन्दहरु
स्वत
ब्यवस्थापन
पनि
हुन्छन्
।
यो
नै
बैज्ञानीक
रुपको
पुर्नसंरचना
हुनेछ
।
नत्र
हामी
कुन
मझेरीमा
फसेका
छौं
सबैलाई
अवगतनै
छ
।
यस्तो
सकरातमक
परस्थीति
निमार्ण
भएपछि
मात्र
पहिचान
र
सामथ्र्यको
कुरा
आउँनेछ
।
नत्र
सारा
नेपाली
जनतालाईनै
गरीबि र अभावले
थिलोथिलो
पारेको
नैे छ ।
मधेशको
नाममा
राजनिति
गर्ने
र
थारु
आन्दोलनलाई
उक्स्याउने
त्यो
आतंकबादी
र
नकश्लबादी
मानसीकताले
आफुलाई
ठालु
राख्न
र
छोटे
राजा
बन्न
भोलीका
दिनमा
पनि
कुनै
कसर
राख्ने
छैन
।
उ
हामीलाई
हामी
सँगै
लडाएर
बेसुरको
मुरली
बजाउन
उद्दत
देखीन्छ
।
फेरी
यस्ता
राजनैतिक
हतकण्ठाहरुसँग
देश
र
आम
जनतालाई
अगाडि
बढाउन
सक्ने
न
त
क्षमता
र
सामथ्र्य
छ
न
ईच्छा
र
नेतृत्व
शक्ति
नै
।
उनीहरुले
हामीलाई
पुर्याउने
भनेको
मसाननै
हो
।
पहिलो
संबिधान
सभाको
निर्वाचन
पछि
जनताले
देखीसकेको
हविगत
पनि
हो
यो
।
आफ्नो
लागी
कति
र
जनताको
लागी
के
कति
उनीहरुले
गरेका
थिए
, त्यो
त
सर्वबिधतनै
छ
।
हिजो
तत्कालीन
प्रधानमन्त्री
गरीजा
प्रसाद
कोईरालाले
, मधेशीको
स्वतन्त्रता
र
पहिचानको
नाममा
भएको
आन्दोलनमा
पुच्छर
लुकाउँदै
, संघियतामा
बिना
पुर्वाधार
जाने
जो
एउटा
सम्झौता
या
महाभुल
गरे
, त्यसैको
परिणाम
आज
भोगीदै
छ
।
फेरी
आज
, संबिधानको
केही
प्रारम्भीक
मस्यौदाहरुमा
त्यस्तै
अर्को
असक्षम
नेतृतवले
, पहिले
मधेशी
नामको
दललाई
एक
टुक्रा
र
त्यसपछि
अखण्ड
सुदुरपश्चीमलाई
अर्को
एक
टुक्रा
र
भोली
थारुहरुलाई
अर्को
टुक्रा
गरी
कलान्तरमा
नेपाललाई
१००
भन्दा
पनि
धेरै
टुक्रा
बनाउने
पागलपनमा
रौसीएको
देखीन्छ
।
यस्तै
तवरले
हाम्रो
अस्तीत्वनै
नामेट
हुने
निश्चीत
प्राय
छ
।
यस्तो
नहोस
कि
भोली
हामी
देश
बिहिन
हुनुपरोस्
या
देशै
भित्र
शरणार्थी
।
देशनै
पहिचान
बिहिन
भएपछि
तपाईको
जात
, जाती
या
सम्प्रदायको
पहिचानको
के
मुल्य
? सोच्नुहोस
।
पक्कै
पनि
हामीले
गणतन्त्रलाई
आत्मसाथ
गरेको
बाईसी
चौबीसी
राज्का
भन्दा
धेरै
रजौटा
या
छोटे
राजाहरुलाई
भत्ता
खुवाउनका
लागी
होईन
।
२०५
जना
प्रतिनिधिहरुलाई
पाल्न
नसक्ने
हाम्रो
गरीब
अर्थतन्त्रमा
अझ
प्रदेशै
पिच्छेका
सयौं
जन
प्रतिनिधिहरुलाई
धान्न
कसरी
सकौंला
? देश
बिकास
कहाँको
जीउनी
ल्याएर
गर्ने
होला
? उनीहरु
र
त्यस्तै
मानसीकताहरु
हिजो
पनि
सत्तामा
थिए
, आज
पनि
छन्
र
भोली
पनि
हुनेछन्
।
हाम्रो
गरीबि
र
पछौटेपन
फेरी
जहाँको
त्यही
रहनेछ
र
त्यसैको
कालो
छाँया
कतै
तुर्लङ्ग
झुण्डीएर
हामी
माथिनै
हाँस्ने
छ
।
हेक्का
राख्नुस्
अबको
पुष
माघमा
फेरी
रौतहट
र
महोत्तरीमा
जाडोले
कठ्याङ्गरीएर
आम
जनता
, गरीब
, बृद्ध
र
बालबालीकाहरु
फेरी
उही
नियतीछाप
शहीद
बन्ने
छन्
।
फगत
त्यहाँ
कुनै
राहत
र
क्षतिपूर्ति
हुनेछैन
र
यस्ता
शहीदका परीवारहरुलाई पचास
लाखको
अपुताली
पनि
छोटे
राजाहरुबाट
आईपुग्ने
छैन
।
समाजका
केही
गन्यमान्यले
सदियौंझै
सबैलाईनै
उही
भेदभाव
गरेकानै
छन्
।
यस
किसीमको
भेदभावबाट
कोही
नेपाली
अछुत
देखींदैन
।
सबैले
उत्तिकैनै
दुख
भोगी
रहेका
छन्
।
देशमा
नियम
कानुनहरु
त
हिजो
पनि
बनेका
थिए
र
आज
पनि
बन्दै
छन्
तर
बिडम्बना
आज
पनि
ब्यवस्था
बस्न
सकेको
छैन
।
फेरी बिडम्वना , हाम्रो
चेतना
आजसम्म
पनि
खुलेको
छैन
।
नेपालीहरु
साँच्चैनै
स्वार्थी
भएका
छन्
र
स
सानो
लोभमा
एउटा
ठुलो
अवसर
गुमाउने
डिलमा
उभिएका
छन्
।
हिजोका
पुर्खाहरुले
आफ्नो
सामाथ्र्य
र
बलमा
उभाएको
यो
हाम्रो
देश
, राष्ट्र
गौरबलाई
, जसरी
मगन्ते
किल्ला
बनाउने
प्रयास
हुँदैछ
त्यसमा
किमार्थ
कुनै
नेपालीको
स्वीकारोक्ती
हुनेछैन
।
यति
भने
पछि
पनि
नेपालीको
मगज
खुल्दैन
भने हाल जारी
गरीएको
संबिधानको
प्ररम्भीक
मस्यौदा
मा
टेकेर
यस्तो
बुद्धिबिलासवाला
बिकल्प
दिन
मन
लाग्छ
।
खण्ड
खण्ड
पहिचान
माग्नेहरुलाई
यो
बिकल्प
उत्तम
हुन
पनि
सक्छ
।
तर
तिनीहरुको
जे
सुकै
प्रपन्च
होस्
, नेपालीहरुले
खण्ड
खण्ड
भएर
आफ्नो
नेपालीपन
गुमाउने
चाहना
भने
राखेका
छैनन्
।
–
प्ररम्भीक
मस्यौदाको
संबिधान
अन्तर्गतनै
– भाग
– १
– प्रारम्भिक
– धारा
४.
नेपाल
राज्य
– उपधारा
नं
२
–
नेपालको
क्षेत्र
देहाय
बमोजिम
हुनेछ
ः–
(क)
यो
संविधान
प्रारम्भ
हुँदाका
बखतको
क्षेत्र,
र
(ख)
यो
संविधान
प्रारम्भ
भएपछि
प्राप्त
हुने
क्षेत्र
।
बुँदा
(ख)
लाई
ध्यान
दिएर
पढौं
र
यस्तो
बुद्धिविलासमा
लागौं
– मानिलिउँ
बिहार
र
उत्तर
प्रदेशको
केही
भाग
प्राप्त
भएमा
, भईराखेको
देशको
भुभागलाई
अखण्ड
राखेरनै
, त्यो
प्राप्त
भएको
क्षेत्रलाई
मधेश
प्रदेश
बनाईदिने
।
राजस्थानका्
थार
क्षेत्रबाट
केही
भाग
प्राप्त
भएमा
सो
क्षेत्रलाई
थारुहट
प्रदेश
बनाईदिने
।
तिब्बत
र
बर्माको
केही
भाग
प्राप्त
भएमा
सो
क्षेत्रलाई
नेवा
राज्य
बनाईदिने
। मंगोलीया या
चाईनाबाट
केही
भाग
प्राप्त
भएमा
सो
क्षेत्रलाई
तमुवान
बनाईदिने
र
यस्तै
यस्तै
।
अब
यस्ता
नेतृत्वहरुले
आ
आफ्नो
जातको
प्रदेशका
लागी
त्यस्तै
किसीमको
क्षेत्र
प्राप्त
होस
भनेर
अखण्ड
तपस्या
गरे
हुन्थ्यो
।
के
थाहा
भोले
बाबा
शिव
खुशी
भएर
तथास्तु
पो
भन्थे
कि
?
साथीहरु
यस्तो
बुद्धिविलास
गरेर
नेपाललाई
बृहत
नेपाल
बनाउने
सस्तो
दिवा
स्वप्नमा
लाग्नु
भन्दा
पनि
देशमा
भएको
स्रोत
साधनलाई
अधिकतम्
प्रयोग
गरेर
, आफ्नो
सामथ्र्यलाई
तिखारेर
, कर्मबादी
चरित्रलाई
अगाडी
लगाएर
देश
बिकासमा
एकजुट
भयौं
भने
यो
एक
कुटुरो
भु
भागको
सानो
नेपाललाई
खण्ड
खण्ड
पार्नुनै
पदैन
।
फेरी
हामी
सबैको
स्वाभीमान
र
पहिचान
पनि
एकमुष्ठ
बिजयी
हुन्छ
।
देशको
अखण्डतानै
अहिले
सर्वोपरि
हुनुपर्ने
देखीन्छ
र
त्यसैमा
सारा
नेपालीको
हित
पनि
हुन्छ
।
अन्त्यमा
– गीतकार
प्रेम
प्रकाश
मल्ल
र
संगीतकार
एवम्
गायक
शिवशंकर
मानन्धरको
यो
कालजयी
सृजना
सम्झन
उपयुक्त
हुन्छ
होला
।
म
मरे
पनि
मेरो
देश
बाँची
राखोस्
।
२
हिमालको
टकुरामा
, नेपालीका
पाखुरामा
,
चन्द
र
सुर्य
अंकित
झण्डा
फर
फर
नाचीरहोस्
।
म
मरे
पनि
मेरो
देश
बाँची
राखोस्
।
२
लालीगुराँसको
फुलमा
मेरै
रगतको
रंग
,
डाली
डालीमा
डुल्दछ
मेरै
मनको
तरंग
।
मेरो
सारा
अस्तीत्व
यही
धर्तिमा
मिलेको
छ
,
कदापी
मर्दैन
चाहे
कसैले
, मुटुनै
चँुडी
लगोस्
।
म
मरे
पनि
मेरो
देश
बाँची
राखोस्
।
२
तपाईहरुको मति चेताए जस्तो त लाग्देन तर पनि कलम बन्द गर्छु ।
लेखक : ...
अध्यापक
, त्रिभुवन
विश्वबिधालय
You can like our facebook page and also mail you comment at: https://www.facebook.com/pages/Fight-Klub-Bhatmas-Chiura-Sekuwa/734783686596006?ref=hl
or setoghodafilms@gmail.com
No comments:
Post a Comment