न यो जनताको संबिधान बनेको हो न यो जारी गर्दा हामी खुशी नै हुनेछौं । तर स्थाईत्वको लोभमा , धेरै धाराहरुमा बिमती भए पनि यस संबिधानले पनि कार्वानयन हुन पाओस् भन्ने हाम्रो सदिक्षा छ ।
नियम कानुन बनाउन ल्याउने भनिएको संबिधान जारी नगर्दै , बिभिन्न माग र अधिकारको नाममा अनाहकमा यति धेरै मान्छेले आफ्नो अमुल्य जीवन गुमाउनु पर्यो कि यस संबिधानको अन्तरबस्तुमा हाम्रो आस्था र अपनत्वनै रहेन । चाहे ति आम आन्दोलनकारी हुन् या सुरक्षाकर्मी जो कसैको मृत्युमा पनि हरेक नेपालीले शोक मनाएका हुन् र अनिश्चित भविश्य र द्वन्दको बबन्डरबाट पक्कै डराएका हुन् ।
संबिधान बनाउने प्रकृयामा राजनैतिक बृतमा धेरै नै कमिकमजोरी , अर्कमण्यता र लोभ देखीयो । जनताले खुलेरै अगाडि सारेको जनमत संग्रहको माग , कुनै पनि जातीगत , साम्प्रदायीक र क्षेत्रगत रुपमा नचाहेको संघियता , या भनौ न संघियतानै नचाहेको आम नेपाली मन , सनातन धर्महरुको पुर्नस्थापना , प्रत्यक्ष कार्यकारी शासन ब्यवस्था आदिबारे यो संबिधान मुर्दा मौन छ । धेरै कुराहरु संबोधित छैनन् यस कागजी कुराहरुको दस्तावेजमा किनकी यो मात्र राजन्रतिक जोड घटाउको दस्ताबेज हुन पुग्यो । नेताहरु स्वयम् त्यही भन्छन् । संबिधानका हताकर्ताहरुले उहि पुरानो , जनताबाट बहिष्कृत राग मात्र अलापे । आफ्नो जीद्दि प्रबृतीलाई त हार्न दिएनन् र देश र जनाताका आशा र उदेश्य सबै हराईदिए । जनाताले उठाएका कुनै पनि प्रमुख मागहरु यस दस्ताबेजले पुरा गर्न सकेन ।
हामीले बुझ्नु पर्छ , कुनै पनि शासन ब्यवस्थाले जनताले मागेको कुरा दिनुपर्छ , दिनसक्नुपर्छ , नत्र त्यहाँ बिद्रोह हुन्छ । भलै आफुलाई मधेशी भनेर चिनाउन चाहने एक तब्काका तराई बासीहरुलाई समग्र मधेश प्रदेश दिन नसकीएकला । पृथकताबादीहरुले चाहे जस्तो गणतन्त्र मधेश बन्ने पनि छैन तर आम जनताको गरीबि बिरुद्ध रोजगार र स्थाईत्व , अरु नागरीक सरह समानता र नेपाली हुनुको गर्ब र राष्ट्रिय पहिचानमा समायोजन दिनै पर्छ ,हुनै पाउनु पर्छ । कसैले पनि देश बिनाको भएर बाँच्न नपरोस् । अरु धेरै बिषयहरु तपशीलका बिषयहरु ह्ुन् । यही कुरा अरु समुहको माग प्रति पनि उत्तिकै लागु हुन्छ । कुनैनै कुनै रुपमा , भलै भौतीक रुपमा नभए पनि , मानसीक सन्तोषको रुपमा या बिम्बकै रुपमा नै भए पनि उनीहरुको माग पुरा गरीदिनै पर्छ ।
एक पटक शासन सत्तामा पुगेपछि मान्छेलाई मान्छे नगन्ने ठालु प्रबृती , सत्ता र शक्तिनै सर्वेपरि हो भन्ने भम्र , मान्छेलाई प्रयोग गर र फाल भन्ने सोच , कसैलाई सम्मान नदिने , एकलकाटे , ईमानदारीता पालना नगर्ने , सबैलाई दास सरह कमजोर देख्ने , आदि कमीकमजोरी र दम्भ लिएर कुनै पनि मधेशी राष्ट्रिय पहिचानमा समायोजीत हुनै सक्दैन , हुनेवाला छैन । यो सब त्यागेरनै आउनुपर्छ । यो कुरा हाम्रा नेतागणहरुलाई पनि उत्तिकै लागु हुन्छ । नत्र तराईका यी बासीन्दा र सारा नेपाललाई दिर्घकालसम्म घाटानै छ ।
यो संबिधान कार्वानयन भएको हेर्ने ठुलो ईच्छा छ ।
No comments:
Post a Comment