Saturday, 10 October 2015

बिभिन्न किसीमका बिभेदहरु

ए बाहुन (च्याठीएर) , ए काठा , चुच्चे , थेप्चे , ए धोती , ए मोदी (हालसालै प्रचलनमा आएको भारत ( भारतीय बिरोधि र भारत परस्तलाई बुझाउने गाली) , ए मधेशी (च्याठीएर) , ए भेले , ए पहाडे (च्याठीएर) , ए टोपी , ए टपरे , ए सिदे बाहुन , ए बाजे (आफै भन्दा सानो उमेरकालाई जात सहित चिढ्याउने गाली) ए भोटे , ए लेंडे , ए कोदे , ए जीम्मु , ए दमाई (च्याठीएर) , ए कामी (च्याठीएर), ए सार्की (च्याठीएर), ए ढोली , ए चमार , ए मुसहर , ए तेली , ए छिनाल (भारतीय दलित महिलालाई गरीने गाली) , ए कसाई , ए पोडे , आदि ईत्यादी जातीबाचक गालीहरु आमाकै मुख बाट सुनेर , एउटा बच्चाले सिकेर आउने हो । यसैले आमा , महिला र नारीलाई शिक्षित बनाउँ । अझ त्यो भन्दा धेरै चेतनशील र बिवेकशिल बन्न मद्दत गरौं । सूचनाको क्रान्ति भईरहेको यस समयमा शिक्षाको नाममा लाईक र कमेन्ट पाउने फेसबुके स्यलफीधारी पढाई मात्र आर्जन भयो भने न त महिलाले संघर्ष सिक्छन्  , न त मानवता , समानता र सम्मान नै बुझ्छन् । महिलाको उँधोगति शरु भयो भने देशको पनि उँधोगति शुरु हुन थाल्छ । शायद यस्तै देखीरहनु परेको छ ।


फेरी बाल बालीकाको स्याहार सुसार , भरणपोषण सबैको जीम्मेवारी र अपजस पनि महिलालाई मात्र आईपर्यो भने कामको थकानले उनीहरु चीढ्चीढे हुन्छन् र त्यो बिरक्तता , तिक्तता बालबालीकालाई पिट्पाट जस्ता शारीरीक र अरु मानसीक दुब्र्यभारहरु गरेर पुरा गर्छन् । अनि त्यो बच्चाको बाल मनोबिज्ञानले बदला लिन्छ अर्काका बच्चाहरुलाई आमा चाकरी गाली गरेर । त्यसैले बच्चाहरुलाई अकारण दण्ड सजाय त गर्नै हुन्न । सि के राउत जस्ता मानिसहरु यस्तै समाजीक बिकार बृत्तीका उत्पादनहरु हुन् । आफ्नी आमा र दिदी बहिनीहरु माथि सम्मान नभएपछि अर्काकी आमा र दिदी बहिनीहरुलाई नै मान्छेहरु गाली गर्छन् । 



जब दुई जनाको मनोरन्जन र कसरतमै बच्चा जन्माईन्छ भने , स्याहार सुसार र भरणपोषण पनि मिलेरै गर्नु पर्छ । त्यसैले घर घरमा घरायसी काममा पनि महिलाहरुलाई सहयोग गर्ने बाताबरण बसालौं । चुल्होमा आगो कम र धुँवा ज्यादा भईरहेको यो परस्थीतिमा त महिलाहरुलाई सहयोग र साथ दिनै पर्छ ।

माथीका धेरै जसो जातीवाचक गालीहरु यी कानहरुले र तपाईका कानहरुले पनि सुन्ने अहोभाग्य त पक्कै पाएका होलान् । आफु त शहर नभईसकेको शहरोन्मुख नगरको बजारमा हुर्केको मान्छे । मान्छेले “के खाएको छ ? के लाएको छ ? कहाँ गएको छ ? के गरेको छ ? कसरी हगेको छ ?” भन्ने जस्तौ सँधै चियो चर्चो हुने नगरको पाखे र असभ्य बासीन्दा भएर हुर्केको प्रतिकृयात्मक पात्र । तर यहाँ पनि मान्छेहरु आफ्ना अभावहरु लुकाउन ( उनीहरुलाई जागीरले दिएको तलब मन पर्दैन , बुढो भएको जस्तो लागेर हो या किन उमेर ढाँट्नु पर्छ , आफ्नै रुप , रंग र ब्यवहार मन पर्दैन , सबै कुरा खोजे जति पुग्दा पनि जीन्दगी र भावना खाली खाली लाग्छ र अब के गर्ने त भन्ने प्रश्नमा घोत्लीन आईपुग्दा “गाईको के जाती कन्याउने” भने जस्तै , आफु भन्दा मनग्य जीन्दगी बाँचेकाहरुलाई गाली गर्ने , चिढ्याउने , नाम काट्ने , र आदि ईत्यादी गरेर रमाउने । 

यो देशको समस्या नै के भयो भने मान्छेहरुले आफु राम्रो बन्ने प्रयास गरेनन् र राम्राको खोजीमा सँधै भौंतारीई रहे । यहाँका सबै मान्छेहरुलाई रेडी मेड भगवान् चाहीएको छ । आफै असल भईदिए त त्यो अन्तहिन यात्रा र त्यसको कष्ट भोग्नु पर्दैनथ्यो त , होईन र ? कुनै हैसीयत नभएका मान्छेहरुले पनि ए बाहुन , टपरे , बाजे , ए काठा , चुच्चे भनेर कति चिढ्याय कति । देश त बाहुनहरुलेनै बिगारेका हुन् , भ्रष्ट , छुच्चो , चोर र बेईमान त बाहुन बाहेक कोही होईनन् भन्ने आशयका कुरा गर्नेहरुको अर्घेलाई त कति पचाईयो कति । तर स्वाभीमानमा बाँचीयो । हँुदा हँुदा त क्षेत्रीहरुले पनि देश बिगारेको त बाहुनहरुले नै हो भन्न थाले । यो प्रश्न सोध्न मन लाग्छ , त्यसो भने उनीहरु के हेरेर बसेका थिए त ? देश सपार्नका लागी उनीहरुको योगदान के रह््रयो त ? आफुले सिन्को नभाँच्ने र दोष बाहुनहरुलाई दिने । ?

अहिले त जनजाती होस् या अरु सम्प्रदाय वा समुदाय , सबै मधेशी र मध्य तराईबासीसँग चिढिन पाएका छन् , खनिन र खोईरो खन्न पाएका छन् त्यसैले बाहुनहरुलाई दोष कम आईरहेको छ । तर तराईको समस्या भोली समाधान होस् , फेरी पर्सीदेखी बाहुनहरुको खोईरो खनीन थालीनेछ यस देशमा । उसले गरेको देश सेवाको अबमुल्यन हुनेछ । उसलाई बिरोध गरेर बुर्जुवा क्रान्तिहरुको जग राखीनेछ । बाहुनहरुको दोष के भयो भने उनीहरुले हरेक मिचाहा र अवमुल्यन हुने कुरामा प्रतिकृया दिने या जवाफ फर्काउने गरेनन् । त्यही मौनतालाई निरीहता मानेर बाहुनबादको लेप्चे लगाईयो । 


फेरी जेठो बाठो त्यसै हुन पनि पाईदैन होला  यो देश नेपालमा । 



डोरबाहादुर बिष्टले भने झै पछौटेपन बिकासका लागी घातक हो र हाम्रो बुझाईमा जीम्मेवारी नलिनु देशका लागी घातक । मात्र बाहुनहरुले देश बिगारेका या मधेशीहरुले राष्ट्रियतालाई भिरमा लगेर राखेका होईनन् । तपाईहरुबाट कहाँ चुक भएको थियो , त्यो पनि लेखाजोखा राख्नुहोला । अरुलाई दोष दिएर मुक्ति पाईन्न । यो त हामी सबैले गरेको गलत काम र निर्णयहरुको शीलशीलाको एउटा परीणाम थियो कि मोदीको बरद बाहुलीबाट एउटा नाकाबन्दी देशमा लागीपर्यो । केही दिनमै हामीलाई पेट्रोल बिनाको यस्तो सुकेनाशले छोप्यो कि हामीबाट राष्ट्रियता जंगीएर निस्क्यो । 

धन्यबाद मोदी र भारतलाई अब आत्मनिर्भर हुने , जीम्मेवार हुने चेत पो आउँछ कि नेपालीहरुलाई ।


त्यसैले मध्य तराई बासीहरु हो यस देशमा खोईरो खन्नेहरुको कमि छैन , धेरैनै छन् । उनीहरुले तिमीहरुलाई धोती भनुन् या कालो मोति भनुन् तिमी प्रतिकृयाहिन भएर सुनीदेउ । भरसक भोलीदेखी तिमीलाई त्यही नामले चिढ्याउने प्रयास कसैले गर्ने छैनन् । आफ्नो जीम्मेवारी पुरा गर्दै जाने हो । के भो त ढिलै भए पनि राष्ट्रिय पहिचानमा मिसिने हो । सबैले देश पाउँछन् तिमिहरुले पनि अवश्य पाउनेछौ ।

एउटा यक्ष प्रश्न – यस देशको अग्रगमन , बिकास , शान्ती र समृद्दी र राष्ट्रियता सम्बर्धन गर्न तपाईहरुको योगदान के हो ? के त्यागेर यो योगदान गर्नु भएको थियो ? सारमा , देशका लागी के छोड्नु भयो ? देशलाई के दिनु भयो ?

सोचौं । अब चिन्ता होईन चिन्तन गरौं ।


जसको देशभक्ति खरो छ ,
अघि बढ्ने , दौडने जसको खुट्टा दरो छ ?।
नेपाली, नेपाली , नेपाली !

You can like our facebook page and also mail you comment at: Fight Klub: भटमास , चिउरा , सेकुवा
or setoghodafilms@gmail.com

No comments:

Post a Comment