Saturday, 10 October 2015

बिभिन्न किसीमका बिभेदहरु

ए बाहुन (च्याठीएर) , ए काठा , चुच्चे , थेप्चे , ए धोती , ए मोदी (हालसालै प्रचलनमा आएको भारत ( भारतीय बिरोधि र भारत परस्तलाई बुझाउने गाली) , ए मधेशी (च्याठीएर) , ए भेले , ए पहाडे (च्याठीएर) , ए टोपी , ए टपरे , ए सिदे बाहुन , ए बाजे (आफै भन्दा सानो उमेरकालाई जात सहित चिढ्याउने गाली) ए भोटे , ए लेंडे , ए कोदे , ए जीम्मु , ए दमाई (च्याठीएर) , ए कामी (च्याठीएर), ए सार्की (च्याठीएर), ए ढोली , ए चमार , ए मुसहर , ए तेली , ए छिनाल (भारतीय दलित महिलालाई गरीने गाली) , ए कसाई , ए पोडे , आदि ईत्यादी जातीबाचक गालीहरु आमाकै मुख बाट सुनेर , एउटा बच्चाले सिकेर आउने हो । यसैले आमा , महिला र नारीलाई शिक्षित बनाउँ । अझ त्यो भन्दा धेरै चेतनशील र बिवेकशिल बन्न मद्दत गरौं । सूचनाको क्रान्ति भईरहेको यस समयमा शिक्षाको नाममा लाईक र कमेन्ट पाउने फेसबुके स्यलफीधारी पढाई मात्र आर्जन भयो भने न त महिलाले संघर्ष सिक्छन्  , न त मानवता , समानता र सम्मान नै बुझ्छन् । महिलाको उँधोगति शरु भयो भने देशको पनि उँधोगति शुरु हुन थाल्छ । शायद यस्तै देखीरहनु परेको छ ।


फेरी बाल बालीकाको स्याहार सुसार , भरणपोषण सबैको जीम्मेवारी र अपजस पनि महिलालाई मात्र आईपर्यो भने कामको थकानले उनीहरु चीढ्चीढे हुन्छन् र त्यो बिरक्तता , तिक्तता बालबालीकालाई पिट्पाट जस्ता शारीरीक र अरु मानसीक दुब्र्यभारहरु गरेर पुरा गर्छन् । अनि त्यो बच्चाको बाल मनोबिज्ञानले बदला लिन्छ अर्काका बच्चाहरुलाई आमा चाकरी गाली गरेर । त्यसैले बच्चाहरुलाई अकारण दण्ड सजाय त गर्नै हुन्न । सि के राउत जस्ता मानिसहरु यस्तै समाजीक बिकार बृत्तीका उत्पादनहरु हुन् । आफ्नी आमा र दिदी बहिनीहरु माथि सम्मान नभएपछि अर्काकी आमा र दिदी बहिनीहरुलाई नै मान्छेहरु गाली गर्छन् । 



जब दुई जनाको मनोरन्जन र कसरतमै बच्चा जन्माईन्छ भने , स्याहार सुसार र भरणपोषण पनि मिलेरै गर्नु पर्छ । त्यसैले घर घरमा घरायसी काममा पनि महिलाहरुलाई सहयोग गर्ने बाताबरण बसालौं । चुल्होमा आगो कम र धुँवा ज्यादा भईरहेको यो परस्थीतिमा त महिलाहरुलाई सहयोग र साथ दिनै पर्छ ।

माथीका धेरै जसो जातीवाचक गालीहरु यी कानहरुले र तपाईका कानहरुले पनि सुन्ने अहोभाग्य त पक्कै पाएका होलान् । आफु त शहर नभईसकेको शहरोन्मुख नगरको बजारमा हुर्केको मान्छे । मान्छेले “के खाएको छ ? के लाएको छ ? कहाँ गएको छ ? के गरेको छ ? कसरी हगेको छ ?” भन्ने जस्तौ सँधै चियो चर्चो हुने नगरको पाखे र असभ्य बासीन्दा भएर हुर्केको प्रतिकृयात्मक पात्र । तर यहाँ पनि मान्छेहरु आफ्ना अभावहरु लुकाउन ( उनीहरुलाई जागीरले दिएको तलब मन पर्दैन , बुढो भएको जस्तो लागेर हो या किन उमेर ढाँट्नु पर्छ , आफ्नै रुप , रंग र ब्यवहार मन पर्दैन , सबै कुरा खोजे जति पुग्दा पनि जीन्दगी र भावना खाली खाली लाग्छ र अब के गर्ने त भन्ने प्रश्नमा घोत्लीन आईपुग्दा “गाईको के जाती कन्याउने” भने जस्तै , आफु भन्दा मनग्य जीन्दगी बाँचेकाहरुलाई गाली गर्ने , चिढ्याउने , नाम काट्ने , र आदि ईत्यादी गरेर रमाउने । 

यो देशको समस्या नै के भयो भने मान्छेहरुले आफु राम्रो बन्ने प्रयास गरेनन् र राम्राको खोजीमा सँधै भौंतारीई रहे । यहाँका सबै मान्छेहरुलाई रेडी मेड भगवान् चाहीएको छ । आफै असल भईदिए त त्यो अन्तहिन यात्रा र त्यसको कष्ट भोग्नु पर्दैनथ्यो त , होईन र ? कुनै हैसीयत नभएका मान्छेहरुले पनि ए बाहुन , टपरे , बाजे , ए काठा , चुच्चे भनेर कति चिढ्याय कति । देश त बाहुनहरुलेनै बिगारेका हुन् , भ्रष्ट , छुच्चो , चोर र बेईमान त बाहुन बाहेक कोही होईनन् भन्ने आशयका कुरा गर्नेहरुको अर्घेलाई त कति पचाईयो कति । तर स्वाभीमानमा बाँचीयो । हँुदा हँुदा त क्षेत्रीहरुले पनि देश बिगारेको त बाहुनहरुले नै हो भन्न थाले । यो प्रश्न सोध्न मन लाग्छ , त्यसो भने उनीहरु के हेरेर बसेका थिए त ? देश सपार्नका लागी उनीहरुको योगदान के रह््रयो त ? आफुले सिन्को नभाँच्ने र दोष बाहुनहरुलाई दिने । ?

अहिले त जनजाती होस् या अरु सम्प्रदाय वा समुदाय , सबै मधेशी र मध्य तराईबासीसँग चिढिन पाएका छन् , खनिन र खोईरो खन्न पाएका छन् त्यसैले बाहुनहरुलाई दोष कम आईरहेको छ । तर तराईको समस्या भोली समाधान होस् , फेरी पर्सीदेखी बाहुनहरुको खोईरो खनीन थालीनेछ यस देशमा । उसले गरेको देश सेवाको अबमुल्यन हुनेछ । उसलाई बिरोध गरेर बुर्जुवा क्रान्तिहरुको जग राखीनेछ । बाहुनहरुको दोष के भयो भने उनीहरुले हरेक मिचाहा र अवमुल्यन हुने कुरामा प्रतिकृया दिने या जवाफ फर्काउने गरेनन् । त्यही मौनतालाई निरीहता मानेर बाहुनबादको लेप्चे लगाईयो । 


फेरी जेठो बाठो त्यसै हुन पनि पाईदैन होला  यो देश नेपालमा । 



डोरबाहादुर बिष्टले भने झै पछौटेपन बिकासका लागी घातक हो र हाम्रो बुझाईमा जीम्मेवारी नलिनु देशका लागी घातक । मात्र बाहुनहरुले देश बिगारेका या मधेशीहरुले राष्ट्रियतालाई भिरमा लगेर राखेका होईनन् । तपाईहरुबाट कहाँ चुक भएको थियो , त्यो पनि लेखाजोखा राख्नुहोला । अरुलाई दोष दिएर मुक्ति पाईन्न । यो त हामी सबैले गरेको गलत काम र निर्णयहरुको शीलशीलाको एउटा परीणाम थियो कि मोदीको बरद बाहुलीबाट एउटा नाकाबन्दी देशमा लागीपर्यो । केही दिनमै हामीलाई पेट्रोल बिनाको यस्तो सुकेनाशले छोप्यो कि हामीबाट राष्ट्रियता जंगीएर निस्क्यो । 

धन्यबाद मोदी र भारतलाई अब आत्मनिर्भर हुने , जीम्मेवार हुने चेत पो आउँछ कि नेपालीहरुलाई ।


त्यसैले मध्य तराई बासीहरु हो यस देशमा खोईरो खन्नेहरुको कमि छैन , धेरैनै छन् । उनीहरुले तिमीहरुलाई धोती भनुन् या कालो मोति भनुन् तिमी प्रतिकृयाहिन भएर सुनीदेउ । भरसक भोलीदेखी तिमीलाई त्यही नामले चिढ्याउने प्रयास कसैले गर्ने छैनन् । आफ्नो जीम्मेवारी पुरा गर्दै जाने हो । के भो त ढिलै भए पनि राष्ट्रिय पहिचानमा मिसिने हो । सबैले देश पाउँछन् तिमिहरुले पनि अवश्य पाउनेछौ ।

एउटा यक्ष प्रश्न – यस देशको अग्रगमन , बिकास , शान्ती र समृद्दी र राष्ट्रियता सम्बर्धन गर्न तपाईहरुको योगदान के हो ? के त्यागेर यो योगदान गर्नु भएको थियो ? सारमा , देशका लागी के छोड्नु भयो ? देशलाई के दिनु भयो ?

सोचौं । अब चिन्ता होईन चिन्तन गरौं ।


जसको देशभक्ति खरो छ ,
अघि बढ्ने , दौडने जसको खुट्टा दरो छ ?।
नेपाली, नेपाली , नेपाली !

You can like our facebook page and also mail you comment at: Fight Klub: भटमास , चिउरा , सेकुवा
or setoghodafilms@gmail.com

Thursday, 17 September 2015

यस संबिधानको अन्तरबस्तुमा हाम्रो आस्था र अपनत्वनै रहेन ।


न यो जनताको संबिधान बनेको हो न यो जारी गर्दा हामी खुशी नै हुनेछौं । तर स्थाईत्वको लोभमा , धेरै धाराहरुमा बिमती भए पनि यस संबिधानले पनि कार्वानयन हुन पाओस् भन्ने हाम्रो सदिक्षा छ ।
नियम कानुन बनाउन ल्याउने भनिएको संबिधान जारी नगर्दै , बिभिन्न माग र अधिकारको नाममा अनाहकमा यति धेरै मान्छेले आफ्नो अमुल्य जीवन गुमाउनु पर्यो कि यस संबिधानको अन्तरबस्तुमा हाम्रो आस्था र अपनत्वनै रहेन । चाहे ति आम आन्दोलनकारी हुन् या सुरक्षाकर्मी जो कसैको मृत्युमा पनि हरेक नेपालीले शोक मनाएका हुन् र अनिश्चित भविश्य र द्वन्दको बबन्डरबाट पक्कै डराएका हुन् ।
संबिधान बनाउने प्रकृयामा राजनैतिक बृतमा धेरै नै कमिकमजोरी , अर्कमण्यता र लोभ देखीयो । जनताले खुलेरै अगाडि सारेको जनमत संग्रहको माग , कुनै पनि जातीगत , साम्प्रदायीक र क्षेत्रगत रुपमा नचाहेको संघियता , या भनौ न संघियतानै नचाहेको आम नेपाली मन , सनातन धर्महरुको पुर्नस्थापना , प्रत्यक्ष कार्यकारी शासन ब्यवस्था आदिबारे यो संबिधान मुर्दा मौन छ । धेरै कुराहरु संबोधित छैनन् यस कागजी कुराहरुको दस्तावेजमा किनकी यो मात्र राजन्रतिक जोड घटाउको दस्ताबेज हुन पुग्यो । नेताहरु स्वयम् त्यही भन्छन् । संबिधानका हताकर्ताहरुले उहि पुरानो , जनताबाट बहिष्कृत राग मात्र अलापे । आफ्नो जीद्दि प्रबृतीलाई त हार्न दिएनन् र देश र जनाताका आशा र उदेश्य सबै हराईदिए । जनाताले उठाएका कुनै पनि प्रमुख मागहरु यस दस्ताबेजले पुरा गर्न सकेन ।
हामीले बुझ्नु पर्छ , कुनै पनि शासन ब्यवस्थाले जनताले मागेको कुरा दिनुपर्छ , दिनसक्नुपर्छ , नत्र त्यहाँ बिद्रोह हुन्छ । भलै आफुलाई मधेशी भनेर चिनाउन चाहने एक तब्काका तराई बासीहरुलाई समग्र मधेश प्रदेश दिन नसकीएकला । पृथकताबादीहरुले चाहे जस्तो गणतन्त्र मधेश बन्ने पनि छैन तर आम जनताको गरीबि बिरुद्ध रोजगार र स्थाईत्व , अरु नागरीक सरह समानता र नेपाली हुनुको गर्ब र राष्ट्रिय पहिचानमा समायोजन दिनै पर्छ ,हुनै पाउनु पर्छ । कसैले पनि देश बिनाको भएर बाँच्न नपरोस् । अरु धेरै बिषयहरु तपशीलका बिषयहरु ह्ुन् । यही कुरा अरु समुहको माग प्रति पनि उत्तिकै लागु हुन्छ । कुनैनै कुनै रुपमा , भलै भौतीक रुपमा नभए पनि , मानसीक सन्तोषको रुपमा या बिम्बकै रुपमा नै भए पनि उनीहरुको माग पुरा गरीदिनै पर्छ ।
एक पटक शासन सत्तामा पुगेपछि मान्छेलाई मान्छे नगन्ने ठालु प्रबृती , सत्ता र शक्तिनै सर्वेपरि हो भन्ने भम्र , मान्छेलाई प्रयोग गर र फाल भन्ने सोच , कसैलाई सम्मान नदिने , एकलकाटे , ईमानदारीता पालना नगर्ने , सबैलाई दास सरह कमजोर देख्ने , आदि कमीकमजोरी र दम्भ लिएर कुनै पनि मधेशी राष्ट्रिय पहिचानमा समायोजीत हुनै सक्दैन , हुनेवाला छैन । यो सब त्यागेरनै आउनुपर्छ । यो कुरा हाम्रा नेतागणहरुलाई पनि उत्तिकै लागु हुन्छ । नत्र तराईका यी बासीन्दा र सारा नेपाललाई दिर्घकालसम्म घाटानै छ ।
यो संबिधान कार्वानयन भएको हेर्ने ठुलो ईच्छा छ ।

Friday, 28 August 2015

किन चाहिंदैन हामीलाई खण्ड खण्ड पहिचान सहितको संघियता ?


कैलालीमा थारुले भन्दा पनि भारु दरुले गराएको प्रहरी सुरक्षा फौजको दिन दाहडै हत्या ईतरनै खेलीरहेको यो नेपाली अरु नेपाली मनमा बिष्फोटका धेरै कुराहरु खेलीरहेका छन् मधेशबादी अराजकता माथि आम नेपाली स्वयं तराई बासीको अबिश्वास अनि बितृष्ण किन बढिरहेको ? २०७२ बैशाखको भुकम्पका बेला नेपालका सुरक्षा फौजले पुर्याएको मानवीय सेवा उद्धारलाई बिर्सेर किन आम जनभावना पन्चायतकाल या माओबादी युद्धकालमा जस्तै मानसीक रुपमै सुरक्षाफौज बिरोधी भईरहेको किन सुरक्षा फौजको छबि सुधारीन सकेको छैन भनेर पनि घोत्लिनु आवश्यक देखीन्छ

परस्थीति सुधार्ने आफ्नो हुति भएन तर प्रतिकृया दिन सक्ने मात्र सामथ्र्य भएर यो बिन्ती तपाईहरु माझ बिसाएको छु अहोभाग्य मेरो , तपाईहरुले यो कुरा पढिदिनु भयो भने

नेपालमा गणतन्त्र ब्यवस्थापन गर्न नसकेको राजनैतीक नेतृत्वले संघियतालाई कसरी ब्यवस्थापन गर्छ भनेर उदेक लाग्दथ्यो थाहा भईसक्यो यो उनीहरुको बलबुता भन्दा परको लोभ , अकृमण्यता बुढ्यौली जीद्दि मात्र हो साँच्चैनै नेपाली राजनितीकर्मीहरुलाई शारीरीक अगावै मानसिक बुढ्यौलीले छोईसकेको उनीहरु आफ्नो फलानो , ढिस्कानो जीद्दिमा अडिग अबिचलित छन् काम नलाग्ने बाद , बिचार आदिलाई पोको पुन्तुरो गरेर सुरुवालमा कोचेर पागल जात्रामा सडक सडक भौंतारी रहेका छन्

ईतिहासलाई बिर्सनु मानवता त्यसमा पनि नेपालीको समस्यानै हो बि सं १९९० को ईतिहाँस बिसीयौं , २०७२ को भुकम्पमा मानव जीवन बचाउन सकिने भौतिक पूर्वाधार निर्माण गर्न सकेनौ गणतन्त्रलाई स्थापित गर्न नसकेको ईतिहास थियो नै , अझ एकता भित्र बिबिधतालाई मलजल गर्नु पर्ने यो सानो भुगोल तर बहुसंस्कृती बहुजाती भएको देशमा , जातीयताको आधारमा प्रदेशको निर्माण गर्ने लोभ रच्यौं सबैलाई राजा बन्नु नै थियो

गणेशमानले तक्मा भिराईदिएका , हामी भेंडा जनता , हाम्रो गरीबि अभावमा कसैले खेलेको थाहा पाउनै सकेनौ ती तुच्छ धारका नेतृत्वले छरेको बिषका गेडाहरु टिप्न लालायीत भयौ
हामी भेडा जनता

दुनियाबाट बहिष्कृत प्राय भईरहेको तर तेस्रो बिश्वमा आफ्नो खम्बा ठड्याउन उद्दत एउटा अभ्यास (जसलाई धर्म भनौं या ब्यपार) , आप्mनो  पहिचान समेत बिर्सेर , धरापमा पारेर , हामी मध्ये केही पछि लागीपर्यौं धार्मीक निरेपेक्षताको राग अलापिरह्यौं उनीहरुले हामीलाई हाम्रै ज्ञान , बिज्ञान  मनोबिज्ञानलाई शैतान भन्न सीकाए तर पनि हामी निर्लज्ज हेरी मात्र रह्यौं आज स्पस्ट , डलर , भारु दारुले कैलाली जलाईएको थियो तर यसको पूर्वभ्भाषको कृत पहिले देखीनै हुदै आएको रहेछ
आफ्नो पहिचान पहिचान रे तर अरुहरुको पहिचान चाउचाउको दोकान रे , मानसीकताबाट ग्रसीत हाम्रो लोभी , स्वार्थी पछौटे दिमाग त्यसमा भुसा भर्ने भ्रष्ट नेतृत्वले दागबत्ति दिईसकेको रहेछ अनि हामी किन नजलौं ? मानवतालई दिन दाहडै किन नजलाउँ ? बन्धु , हाम्रो शान्ती प्रतिको असिम आस्था खरानी भएको यहाँ बुद्ध जन्मीएका थिए भनेर कुनै बिदेशीलाई नभन्नु , उनीहरु अट्टहास हाँसो हाँस्लान तपाँईको अहम् किच्रीक्क पर्ला फेरी साँच्चै यी यस्तै कारणहरुले हाम्रो अध्यात्मीक आस्थामा पनि बिष लागेको

जुन किसिमको अराजकता अहिले प्रदेश निमार्ण सीमाङ्कनमा देखीयो  त्यसले यो प्रष्ट पार्छ हामीले संघियता बारे केही पनि गृहकार्य नगरीकन हावादारी निर्णय लिईरहेका छौं कहि नपुग्ने बेटुङ्गो बाटोमा हिंडिरहेका छौ आम नेपाली मानसीकता बुझ्ने प्रयासनै गर्ने हो भने एउटा जनमत संग्रह गरेर केही फरक पर्नेवाला छैन कसैको पहिचान खेदीने वा अधिकार कुण्ठित हुनेवाला छैन जनमतले संघियतामा जा नै भन्यो भने पनि पहिले स्थानीय निकायको चुनाब स्थानीय रुपमा सबल जनप्रतिनिधि बिकास सुरक्षित भए त्यसैबाट प्रदेशको खाका कोर्न सकिन्छ , सजीलो हुन्छ बिभिन्न किसीमका द्वन्दहरु स्वत ब्यवस्थापन पनि हुन्छन् यो नै बैज्ञानीक रुपको पुर्नसंरचना हुनेछ नत्र हामी कुन मझेरीमा फसेका छौं सबैलाई अवगतनै

यस्तो सकरातमक परस्थीति निमार्ण भएपछि मात्र पहिचान सामथ्र्यको कुरा आउँनेछ नत्र सारा नेपाली जनतालाईनै गरीबि  अभावले थिलोथिलो पारेको नैे  मधेशको नाममा राजनिति गर्ने थारु आन्दोलनलाई उक्स्याउने त्यो आतंकबादी नकश्लबादी मानसीकताले आफुलाई ठालु राख्न छोटे राजा बन्न भोलीका दिनमा पनि कुनै कसर राख्ने छैन हामीलाई हामी सँगै लडाएर बेसुरको मुरली बजाउन उद्दत देखीन्छ फेरी यस्ता राजनैतिक हतकण्ठाहरुसँग देश आम जनतालाई अगाडि बढाउन सक्ने क्षमता सामथ्र्य ईच्छा नेतृत्व शक्ति नै उनीहरुले हामीलाई पुर्याउने भनेको मसाननै हो पहिलो संबिधान सभाको निर्वाचन पछि जनताले देखीसकेको हविगत पनि हो यो आफ्नो लागी कति जनताको लागी के कति उनीहरुले गरेका थिए , त्यो सर्वबिधतनै

हिजो तत्कालीन प्रधानमन्त्री गरीजा प्रसाद कोईरालाले , मधेशीको स्वतन्त्रता पहिचानको नाममा भएको आन्दोलनमा पुच्छर लुकाउँदै , संघियतामा बिना पुर्वाधार जाने जो एउटा सम्झौता या महाभुल गरे , त्यसैको परिणाम आज भोगीदै फेरी आज , संबिधानको केही प्रारम्भीक मस्यौदाहरुमा त्यस्तै अर्को असक्षम नेतृतवले , पहिले मधेशी नामको दललाई एक टुक्रा त्यसपछि अखण्ड सुदुरपश्चीमलाई अर्को एक टुक्रा भोली थारुहरुलाई अर्को टुक्रा गरी कलान्तरमा नेपाललाई १०० भन्दा पनि धेरै टुक्रा बनाउने पागलपनमा रौसीएको देखीन्छ यस्तै तवरले हाम्रो अस्तीत्वनै नामेट हुने निश्चीत प्राय यस्तो नहोस कि भोली हामी देश बिहिन हुनुपरोस् या देशै भित्र शरणार्थी देशनै पहिचान बिहिन भएपछि तपाईको जात , जाती या सम्प्रदायको पहिचानको के मुल्य ? सोच्नुहोस

पक्कै पनि हामीले गणतन्त्रलाई आत्मसाथ गरेको बाईसी चौबीसी राज्का भन्दा धेरै रजौटा या छोटे राजाहरुलाई भत्ता खुवाउनका लागी होईन २०५ जना प्रतिनिधिहरुलाई पाल्न नसक्ने हाम्रो गरीब अर्थतन्त्रमा अझ प्रदेशै पिच्छेका सयौं जन प्रतिनिधिहरुलाई धान्न कसरी सकौंला ? देश बिकास कहाँको जीउनी ल्याएर गर्ने होला ? उनीहरु त्यस्तै मानसीकताहरु हिजो पनि सत्तामा थिए , आज पनि छन् भोली पनि हुनेछन् हाम्रो गरीबि पछौटेपन फेरी जहाँको त्यही रहनेछ त्यसैको कालो छाँया कतै तुर्लङ्ग झुण्डीएर हामी माथिनै हाँस्ने

हेक्का राख्नुस् अबको पुष माघमा फेरी रौतहट महोत्तरीमा जाडोले कठ्याङ्गरीएर आम जनता , गरीब , बृद्ध बालबालीकाहरु फेरी उही नियतीछाप शहीद बन्ने छन् फगत त्यहाँ कुनै राहत क्षतिपूर्ति हुनेछैन यस्ता शहीदका  परीवारहरुलाई पचास लाखको अपुताली पनि छोटे राजाहरुबाट आईपुग्ने छैन

समाजका केही गन्यमान्यले सदियौंझै सबैलाईनै उही भेदभाव गरेकानै छन् यस किसीमको भेदभावबाट कोही नेपाली अछुत देखींदैन सबैले उत्तिकैनै दुख भोगी रहेका छन् देशमा नियम कानुनहरु हिजो पनि बनेका थिए आज पनि बन्दै छन् तर बिडम्बना आज पनि ब्यवस्था बस्न सकेको छैन फेरी  बिडम्वना , हाम्रो चेतना आजसम्म पनि खुलेको छैन

नेपालीहरु साँच्चैनै स्वार्थी भएका छन् सानो लोभमा एउटा ठुलो अवसर गुमाउने डिलमा उभिएका छन् हिजोका पुर्खाहरुले आफ्नो सामाथ्र्य बलमा उभाएको यो हाम्रो देश , राष्ट्र गौरबलाई , जसरी मगन्ते किल्ला बनाउने प्रयास हुँदैछ त्यसमा किमार्थ कुनै नेपालीको स्वीकारोक्ती हुनेछैन यति भने पछि पनि नेपालीको मगज खुल्दैन भने  हाल जारी गरीएको संबिधानको प्ररम्भीक मस्यौदा मा टेकेर यस्तो बुद्धिबिलासवाला बिकल्प दिन मन लाग्छ खण्ड खण्ड पहिचान माग्नेहरुलाई यो बिकल्प उत्तम हुन पनि सक्छ तर तिनीहरुको जे सुकै प्रपन्च होस् , नेपालीहरुले खण्ड खण्ड भएर आफ्नो नेपालीपन गुमाउने चाहना भने राखेका छैनन्

प्ररम्भीक मस्यौदाको संबिधान अन्तर्गतनैभागप्रारम्भिकधारा . नेपाल राज्यउपधारा नं

नेपालको क्षेत्र देहाय बमोजिम हुनेछ

() यो संविधान प्रारम्भ हुँदाका बखतको क्षेत्र,
() यो संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र

बुँदा () लाई ध्यान दिएर पढौं यस्तो बुद्धिविलासमा लागौंमानिलिउँ बिहार उत्तर प्रदेशको केही भाग प्राप्त भएमा , भईराखेको देशको भुभागलाई अखण्ड राखेरनै , त्यो प्राप्त भएको क्षेत्रलाई मधेश प्रदेश बनाईदिने राजस्थानका् थार क्षेत्रबाट केही भाग प्राप्त भएमा सो क्षेत्रलाई थारुहट प्रदेश बनाईदिने तिब्बत बर्माको केही भाग प्राप्त भएमा सो क्षेत्रलाई नेवा राज्य बनाईदिने   मंगोलीया या चाईनाबाट केही भाग प्राप्त भएमा सो क्षेत्रलाई तमुवान बनाईदिने यस्तै यस्तै अब यस्ता नेतृत्वहरुले आफ्नो जातको प्रदेशका लागी त्यस्तै किसीमको क्षेत्र प्राप्त होस भनेर अखण्ड तपस्या गरे हुन्थ्यो

के थाहा भोले बाबा शिव खुशी भएर तथास्तु पो भन्थे कि ?

साथीहरु यस्तो बुद्धिविलास गरेर नेपाललाई बृहत नेपाल बनाउने सस्तो दिवा स्वप्नमा लाग्नु भन्दा पनि देशमा भएको स्रोत साधनलाई अधिकतम् प्रयोग गरेर , आफ्नो सामथ्र्यलाई तिखारेर , कर्मबादी चरित्रलाई अगाडी लगाएर देश बिकासमा एकजुट भयौं भने यो एक कुटुरो भु भागको सानो नेपाललाई खण्ड खण्ड पार्नुनै पदैन फेरी हामी सबैको स्वाभीमान पहिचान पनि एकमुष्ठ बिजयी हुन्छ

देशको अखण्डतानै अहिले सर्वोपरि हुनुपर्ने देखीन्छ त्यसैमा सारा नेपालीको हित पनि हुन्छ अन्त्यमागीतकार प्रेम प्रकाश मल्ल संगीतकार एवम् गायक शिवशंकर मानन्धरको यो कालजयी सृजना सम्झन उपयुक्त हुन्छ होला

मरे पनि मेरो देश बाँची राखोस्
हिमालको टकुरामा , नेपालीका पाखुरामा ,
चन्द सुर्य अंकित झण्डा फर फर नाचीरहोस्
मरे पनि मेरो देश बाँची राखोस्

लालीगुराँसको फुलमा मेरै रगतको रंग ,
डाली डालीमा डुल्दछ मेरै मनको तरंग
मेरो सारा अस्तीत्व यही धर्तिमा मिलेको ,
कदापी मर्दैन चाहे कसैले , मुटुनै चँुडी लगोस्
मरे पनि मेरो देश बाँची राखोस्


तपाईहरुको मति चेताए जस्तो  लाग्देन तर पनि कलम बन्द गर्छु 

लेखक : ...

अध्यापक , त्रिभुवन विश्वबिधालय

You can like our facebook page and also mail you comment at: https://www.facebook.com/pages/Fight-Klub-Bhatmas-Chiura-Sekuwa/734783686596006?ref=hl
or setoghodafilms@gmail.com